झापामा टिप्पर र बस ठोक्किदा २१ जना घाइते
झापा | असार ४, २०८१
दमक: झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिप्पर ठाेक्किदा २१ जना यात्रुहरू घाइते भएका छन् ।
झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ न.को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ ।
स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बु र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

